काठमाडौं । धनकुटाको डाँडैडाँडा चल्यो हुलाकी, नि राजै चल्यो हुलाकी, सासूलाई चाबी, सालोलाई जाबी, सालीमाज्यूलाई झम्के बुलाकी । ’ गायिका हीरादेवी वाइबाले मारुनी भाकामा उहिल्यै गाएको यी गीतका गेडामा भनिए जस्तै धनकुटाको डाँडैडाँडा अचेल हुलाकी चल्दैनन् । न त अचेल सालीले नाकैमा झम्के बुलाकी झम्काउँछन् । विज्ञान र प्रविधिले दिनहुँजसो नयाँ फड्को मारिरहेको समयमा हुलाकीले…