१२ बैशाख २०८१, बुधबार | April 24, 2024

७ दिन भित्र प्रदेश स्थायी राजधानीको जग्गाको लागत पठाउन मुख्यमन्त्री पोखरेलको निर्देशन



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असोज महिना भित्र प्रदेश स्थायी राजधानी राप्ती उपत्यकाको जग्गाको लागत पठाउन निर्देशन दिएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाका पालिका प्रमुख, दाङ र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तथा मालपोत कार्यालयका अधिकारीहरुसंग मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार भएको छलफलमा जग्गाको अवस्था थाहा भएपछि अरु काम अघि बढाउन सजिलो हुने बताए ।

उनले सरकारी जग्गाको अवस्था,वन क्षेत्रको जग्गा भएको तर वन नभएको जग्गाको अवस्था र निजी जग्गाको अवस्थाका बारेमा जानकारी पठाउन सम्बन्धित निकायलाई निर्देशन दिए । छलफल कार्यक्रममा सरकारी जग्गा अतिक्रमण गरी वस्ती बस्न सक्ने भएकोले चनाखो भई नियन्त्रण गर्न उनले जनप्रतिनिधि र प्रशासनका अधिकारीहरुलाई आग्रह गरेका थिए । ‘अतिक्रमण समुदायको सहयोगमा २४ घण्टाभित्र हटाउनुपर्छ’—उनले भने।

मुख्यमन्त्री पोखरेलले पालिका प्रमुखहरुलाई पालिकाले बजार क्षेत्र, कृषि क्षेत्र जस्ता विषय खुलाएर सुझाव पठाउन पनि आग्रह गरे ।

मुख्यमन्त्रीले राप्ती उपत्यका नयाँ नाम दिइएको र उपत्यका भित्र गढवा, राप्ती र शितगंगा पालिकाको मैदानी भाग पर्ने भएकाले भ्रममा नपर्न सहभागिहरुलाई आग्रह गरेका थिए ।

छलफलमा प्रदेश सरकारका मन्त्रीहरु,राप्ती गाउँपालिकाका प्रमुख नुमनारायण सुवेदी, गढवा गाउँपालिकाका प्रमुख सहजराम यादव र शितगंगा नगरपालिकाका प्रमुख सूर्य अधिकारी, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल ,मालपोत कार्यालयका अधिकारीहरु र प्रदेश सरकारका प्रमुख सचिव सहित मन्त्रालयका अधिकारीहरुको सहभागीता रहेको थियो ।

दाङका प्रमुख जिल्ला अधिकारी रिजालले राप्ती उपत्यका भित्रको जग्गाको अवस्था बारे सम्बन्धित निकायलाई यथार्थ अवस्था जानकारी दिन भनिसकेको र एकहप्ताभित्र आउने बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : १८ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न