काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयमा संचारकर्मीको पहुँचमा रोक लगाएको छ । कोरोना भाइरससम्बन्धी सूचना चुहिएको भन्दै मन्त्रालयले संचारकर्मीहरुलाई अघोषित रुपमा रोक लगाएको हो । समाचार संकलनका लागि परिचयपत्र देखाएर मन्त्रालय भित्र प्रवेश पाउने यसअघिको सहज व्यवस्थालाई रोकिएको छ । कुनै पनि संचारकर्मीलाई नभेट्न र सूचना नदिन मन्त्रालयका वरिष्ठ अधिकारीहरुले मातहतका कर्मचारीलाई निर्देशन दिएका…