२२ भदौ २०८३, सोमबार | September 7, 2026

बाँकेमा आइसोलेट संक्रमितको संख्या ५०० बाट तल झर्दै, मृत्यु दर ०.९८ प्रतिशत



नेपालगन्ज । बाँकेमा २२३८ जनामा कोरेना संक्रमण पुष्टि हुँदा बिहिबार सम्ममा ५०७ जनामात्र बिभिन्न आइसोलेसनमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड अनुसार ५ सय भन्दा कम संख्यामा संक्रमित रहेको जिल्लालाई जोखिम मुक्त जिल्लाकारुपमा मानिन्छ ।

संक्रमणको रफ्तार तिब्र भएसँगै बाँकेमा कोरोना मुक्त हुनेको गति पनि सोही अनुपातमा रहेकाले जिल्लामा ृपचाररत संक्रमितको संख्यामा कमी आएको हो । बिहिबार सम्ममा बाँकेमा २२ जना संक्रमितले ज्यान गुमाएकाछन् भने १७०९ जना कोरोना मुक्त भएर घर फर्केका छन् । मन्त्रालयले तोकेको मापदण्ड अनुसार बाँकेमा होम आइसोलेसन र बिभिन्न आइसोलेसनमा रहेका संक्रमितहरुको अध्यावधिक गर्ने र कोरोनाको चिन्ह बिना १४ दिन आयसोलेसनमा रहेका संक्रमितहरुलाई थप ७ दिन होम क्वारेन्टिनमा बस्ने कागज गराएर डिस्चार्ज गर्ने गरिएको छ ।

बिहिबार पनि बाँकेमा १३ महिला र १६ पुरुषगरि २९ जना डिस्चार्ज भएका छन् । बिहिबार डिस्चार्ज भएकाहरुमा १६ जना होम आइसोलसनमा र अन्य बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेकाहरु हुन् । जिल्ला संकट ब्यवस्थापन केन्द्रका कोभिड फोकलपर्शन नरेस श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार बाँकेमा निको हुनेको दर ७६ दशमलव ३६ प्रतिशत रहेको छ भने मृत्यु दर शुन्य दशमलव ९८ प्रतिशत रेको छ । बाँकेमा रोगको प्रकोप दर शुन्य दशमलव ३७ प्रतिशत छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ९ : ३४ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा