११ श्रावण २०८३, सोमबार | July 27, 2026

बुटवल कोरोना बिशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल ४ का ८४ वर्षिय पुरुषको आज मध्यान्ह १ः२५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेको उनी स्वास्थ्यमा समस्या आएपछि बुधबार दिँउसो कोरोना बिशेष अस्पतालमा भर्ना भएका थिए । उपचारमा सबै उपाय अपनाउंदा पनि उनलाई बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

मृतकको स्थायी घर गुल्मी रुरुक्षेत्र गाँउपालिका १ भएपनि उनी केहि दिन देखि उनको बुटवल ४ स्थित आफ्नै घरमा बस्दै आएका थिए । उनीमा गत मंगलबार कोरोना पुष्टि भएको थियो । मृतकमा उच्च रक्तचाप, मधुमेह, मृगौला जस्ता दिर्घ रोग रहेको प्रवक्ता गौतमले बताए ।

बिहिबार थपिएका १ जना मृतक सहित रुपन्देहीमा मृतकको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  २ : ५२ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न