२ फाल्गुन २०८१, शुक्रबार | February 14, 2025

कोरोना संक्रमणबाट सिद्धार्थनगर नगरपालिकाका वडा सदस्यको मृत्यु



भैरहवा । कोरोना कोइरस कोभिड-१९ को संक्रमणबाट सिद्धार्थनगर नगरपालिकाका एक वडा सदस्यको मृत्यु भएको छ ।

भाइरसको संक्रमणबाछ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडासदस्य ईन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो ।

बुधबार राति १०ः५ बजे उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको थियो । कोरोना पुष्टिपछि घरमै आइसोलेसनमा बसेका उनी एक्कासी बेहोस भएपछि असोज १४ गते अस्पताल भर्ना गरिएको थियो ।

उनलाई प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको अस्पतालका प्रशासन प्रमुख तेज केसीले बताए । केसीका अनुसार उनमा निमोनिया, रगतमा खराबी, कलेजो पूर्णरुपमा खराब भएको थियो ।

४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ८ : २५ बजे

शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै : उपसभामुख राना

बुटवल । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले शिक्षा बिनाको मान्छे

विराटनगरमा सोरुम फुटाएर कार चोरी, युवा जना पक्राउ

विराटनगर । विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ

कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छ : प्रचण्ड

दोलखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको

श्रमिक महिलाको पीर : आमा बन्ने कि जागिर रोज्ने ?

काठमाडौं । अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो