पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ। सोमबार भएको सुनुवाइमा कास्की जिल्ला अदालतले मुद्दा फिर्ता लिन माग गर्दै दायर निवेदनलाई हालका लागि अस्वीकार गर्ने आदेश दिएको हो। यसअघि गत पुस ३० गते महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको उक्त मुद्दा फिर्ता लिने निर्णय…