काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाका पुनःनिर्माणको अभियानमा सबैलाई साथ दिन आह्वान गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जेनजी आन्दोलनका क्रममा प्रभावित भौतिक संरचनाको पुनःनिर्माण, राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ स्थापना गरिएकोे जानकारी गराए। मन्त्री घिसिङले कोषमा…