२ बैशाख २०८३, बुधबार | April 15, 2026

विद्युत् विस्तारपछि गाउँ-गाउँमा चल्छन् ‘विद्युतीय मिल’

भोजपुर । विद्युतीकरणपछि भोजपुरका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ । विगतमा अँध्यारोमा रात कटाउँदै आएका स्थानीयले हाल उज्यालो मात्रै पाएका छैनन्, गाउँघरमा नै आधुनिक यन्त्र उपकरण चलाएर दैनिकीलाई सहज बनाइरहेका छन् । यसरी विद्युत् विस्तार भएको गाउँ हो- भोजपुरको रामप्रसाद राई गाउँपालिका- ६ वैकुण्ठे । यहाँका स्थानीयको दैनिकीमा अचेल निकै परिवर्तन आएको छ…