तनहुँ । मापदण्डविपरित ढुङ्गा उत्खनन् गरेका कारण व्यास नगरपालिका-११ का चार घरमा क्षति पुगेपछि स्थानीयवासीको सक्रियतामा उत्खनन् कार्य रोकिएको छ । चरम लापरबाही गरेर मापदण्डविपरित ढुङ्गा उत्खनन् गरेका कारण रामथुम्कीका करिब दुई सय ५० घरपरिवार भूक्षयको उच्च जोखिममा परेको भन्दै उजुरी दिएपछि उत्खनन् कार्य रोकिएको हो । साविकको घाँसीकुवा गाविससंग सम्झौता गरी पशुपति क्वायरीले ढुङ्गा…