काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार सुनुवाइपछि जिल्ला अदालत काठमाडौंले गरेको थुनानिर्देशन बदर गर्दै महरालाई धरौटीमा छाड्ने निर्णय सुनाएको हो । यसअघि असोज २९ मा जिल्ला अदालत काठमाडौंले…