काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत नेपालले बुधबार आफ्नो पाँचौँ खेल खेल्दैछ । नेपाली समयअनुसार बिहान ११:१५ बजे नेपालले अस्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अहिलेसम्म सिरिजमा खेलेका चार खेलमध्ये तीनमा पराजय र एकमा जित निकालेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’…