काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई आफ्नो धारणा स्पष्ट पार्ने समय आएको बताएका छन् । आइतबार भिडियो सन्देश जारी गर्दै उनले राष्ट्रको भविष्य सुरक्षित गर्ने पक्षमा उभिने कि राष्ट्रको भविष्यप्रति उदासीन रहने पक्षमा रहने भन्ने विषयमा मतदाताले स्पष्ट निर्णय गर्नुपर्ने बताएका हुन् । “अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ।…