काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै शिक्षक महासंघले गत चैत्र २० गतेबाट जारी राखेको सडक आन्दोलन स्थगित भएको छ । आज भएको वार्ताबाट सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भए लगत्तै शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलन गरेर निर्णयहरू सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै शिक्षामन्त्री रघुजी पन्तले सरकारलाई सहमति कार्यान्वयन गर्न…