नेपालगन्ज । २ महिनाका बीच पाटेबाघको आक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सौरीका ६२ वर्षीय मरिचमान भण्डारीको पाटेबाघको आक्रमणबाट आज मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार भण्डारीलाई गाई चराउन गएका बेला आज दिउँसो साढे १ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘बिचार दमार’ जंगलमा बाघले आक्रमण गरेको थियो ।…