१ आश्विन २०८३, बिहिबार | September 17, 2026

तिलिचो बेसक्याम्पबाट ११ जना आन्तरिक पर्यटकको उद्दार

मनाङ । मनाङको तिलिचो तालको बेसक्याम्पमा हिमपातपछि अलपत्र परेका ११ जना आन्तरिक पर्यटकको उद्दार गरिएको छ । ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो बेसक्याम्पमा अलपत्र परेकाहरुलाई सशस्त्र प्रहरी बलले बिहान ६ बजे उद्दार गरेको हो । उद्धार गरिएकाहरुलाई सदरमुकाम चामेमा ल्याइएको छ । यसअघि हिमपातका कारण दुई चिनियाँ र १३ नेपालीसहित १५ जना पर्यटक बेसक्याम्पमा फसेको सूचना…