१ आश्विन २०८३, बिहिबार | September 17, 2026

‘हिडन भ्याली’ मा फसेका १५ जना पर्यटकको उद्धार

म्याग्दी । धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’ मा फसेका तीन विदेशी पर्यटकसहित १५ जनाको आज सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका-४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र तीन जना बेलायतका पर्यटकहरू फसेका थिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी…