काठमाडौँ । चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएको छ । शुक्रबार बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरू राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत रहेका भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा…