काठमाडौँ । वर्षा र पहिरोका कारण देशभरका विभिन्न १८ सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान बिहान ६ः४० बजेको बुलेटिन अनुसार कोशी, बागमती लगायतका प्रदेशका विभिन्न १८ सडकखण्डको आवागमन पूर्णरुपमा अवरुद्ध भएको हो। प्रहरीका अनुसार ईलाम नगरपालिकाकामा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र…