३ असार २०८३, बुधबार | June 17, 2026

जगदम्बा मोटर्सद्वारा नयाँ मोडलका दुई मोटरसाइकल बुटवलमा सार्वजनिक



बुटवल । जगदम्बा मोटर्सले नेपाली बजारमा टिभिएसका नयाँ दुई बाइक सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सको यस क्षेत्रको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल बुटवल मिलनचोकले टिभिएस अपाचे आरटिआर १६० टु भी एफआइबि ५६ र टिभिएस राइडर आइजीओ मोटरसाइकल बिहीबार लञ्च गरेको हो ।

दुवै बाइकको नेपाल अटो टे«ड युनियनका अध्यक्ष कृष्ण घिमिरे र युनियनका सचिव महेश श्रेष्ठ सार्वजनिक गरे । सो अवसरमा बोल्दै घिमिरेले दुवै मोटरसाइकलले शक्ती शैली र सुविधामा नयाँ स्तर ल्याउने बताए ।

बालाजी अटोमोबाइल बुटवलका म्यानेजिङ डाइरेक्टर विशाल जैसवालले बाइकमा १५९.७ सिसी एफ आई इन्जिन, एरोडाइनामिक, र आक्रामक युरोपेली डिजाइन, आफ्नो सेग्मेन्टमा पहिलो पटक जीवनभरको वारेन्टी, रेस टुयुन सस्पेन्सन एबिएस डिजिटल कन्सोल, राइड मोडस रहेको बताए ।

अटोमोबाइलका सेल्स रिजनल अफिसर नवीन शाहीले टिभिएस राइडर आइजीओ नयाँ पुस्ताका राइडरहरुलाई लक्षित गर्दै ल्याइएको राइडर स्टाइल, परफमेन्स दुवै चाहनेका लागि आदर्श विकल्प रहेको बताए ।

१२४ सिसी इन्जिन, पावर र माइलेज दुवैमा उत्कृष्ट, एलइडी हेडलाइट, आधुनिक टयांक, डिजाइन र पूर्ण डिजिटल क्लस्टर, सीट मुनि स्टोरेज, एडभान्स राइड मोडस र कनेक्टिभिटी फिचर, दैनिक यात्रा स्टाइल र रोमाञ्च खोज्ने युवहरुको लागि उत्तम छनौट रहेको शाहीले बताए ।

दुवै मोडलले टिभिएस ब्राण्डको नवप्रवर्तन, गुणस्तर र ग्राहकप्रतिको प्रतिबद्धतालाई अझ मजबुद बनाउने विश्वास जैसवालले लिए । मोटरसाइलको मूल्य ३ लाख ९ हजार ९०० र ३ लाख ४७ हजार ९९ रुपैयाँ रहेको छ । कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ७ : २१ बजे

फोहोर बेचेर व्यास नगरपालिकाले गर्यो २४ लाख भन्दा बढि आम्दानी

दमौली । दमौलीको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

गण्डकी । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली

विपक्षी दलले उठाए सभामुख अर्यालमाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन