४ आश्विन २०८३, आइतबार | September 20, 2026

इलाममा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु, तीन जना बेपत्ता

इलाम । इलाम नगरपालिका-६ घोसमा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । स्थानीय डम्बरबहादुर पाख्रिनको घरमा शनिबार बिहान पहिरो खस्दा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले पुष्टि गरेको छ । स्थानीय रेवज तामाङका अनुसार, सो घरमा रहेका अरु तीन जना अझै बेपत्ता छन् । साथै, दुई जना घाइतेलाई उपचारका लागि…