विराटनगर। कोशी सरकार र आन्दोलनरत पहिचानवादी बीचको वार्ता सुरु भएको छ । विराटनगरस्थित बिग होटलमा डेढ घन्टा ढिलो गरी वार्ता सुरु भएको हो । सो वार्तामा सरकारकोतर्फवाट संयोजक खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी उपस्थित छन भने आन्दोलनरत पक्षको तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई,…