३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

धरानको मेयर हर्क साम्पाङ उच्च अदालत उपस्थित



बिराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ उच्च अदालत विराटनगरमा उपस्थित भएका छन् ।

खानेपानी सबन्धी मुद्धामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन आदेश दिएपछि उनी अदालत उपस्थित भएका हुन् ।

अध्यक्ष विहीन धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका मेयर साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च अदालतले हिजो अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालत, बिराटनगरका न्यायधिस मुरारीबाबु श्रेष्ठको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएकले उनी अदालतमा उपस्थित भएका हुन ।

उनी बिरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। खानेपानी बोर्डको बैठक नै नबोलाई मेयर साम्पाङले एकलौटी रुपमा काम गरेको भन्दै रिट निवेदकले अन्तरिम आदेश माग गरेका थिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १० : १३ बजे

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छ : प्रचण्ड

मकवानपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया