४ श्रावण २०८३, सोमबार | July 20, 2026

अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा प-यो : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास भइरहेको र त्यसको मार प्रदेश सरकार परिरहेको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले बुधवार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आयोगले पठाएको २१ बुँदे निर्देशनका कारण कतिपय गर्नैपर्ने काममा बाधा…