३ श्रावण २०८३, आइतबार | July 19, 2026

लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन् । आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश निर्देशक समितिको बैठकले…