बुटवल । तत्कालीन राजा महेन्द्रको पालामा २०१८ सालमा निर्माणको शुभारम्भ भएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–चन्द्रौटा सडक, निर्माण भएको ६२ वर्षपछि स्तरोन्नति हुन लागेको छ । बुटवल पश्चिमको राजमार्ग स्तरोउन्नतिका लागि बोलपत्र आह्वान भएसँगै सो सडकको स्तरउन्नती हुने निश्चित भएको हो । सडक स्तारेन्नतिका लागि बुटवल–गोरुसिङ्गे ५० किलोमिटर र गोरुसिङ्गे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा…