५ श्रावण २०८३, मंगलबार | July 22, 2026

पश्चिम म्याग्दीका महिला फुटबल/फुटसलप्रति आकर्षित



बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ की रोशनी पुन केवी एकेडेमीको मैदानमा फुटबल खेल्दै गरेको भेटिन्छिन् । उनी जस्तै २० देखि ३० वर्ष हाराहारी उमेरका महिला बिहान र बेलुकीको फुर्सदको समयमा फुटबल खेल्ने गर्छन् । भौगोलिक विकटता भए पनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको आकर्षण दिनप्रतिदिन बढ्दो छ ।

यही पुस पहिलो साता दरबाङमा सम्पन्न सातौँ करवीर कप प्रतियोगिताको मुख्य आकर्षण नै महिला फुटबल बनेको स्थानीय अगुवा हिराबहादुर पुनले बताए । दरबाङस्थित पुरानो जनप्रिय खेलमैदान युवा पुस्ताका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने महिलाका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ । यो खेल मैदानमा बिहान र बेलुकी फुटबल खेल्ने महिला तथा पुरुषको जहिले पनि भीड लाग्ने गरेको स्थानीय खेल प्रशिक्षक तेन्जिङ लामाले बताए ।

खुला ठाउँको अभावले गर्दा शारीरिक व्यायाम गर्नबाट बञ्चित बनेका बालबालिकादेखि युवापुस्ताका लागि जनप्रियको पुरानो खेलमैदान र केवि एकेडेमीको खेलमैदान उपयुक्त स्थान बनेका उनको भनाइ छ । त्यसैगरी मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका महिला पनि पछिल्लो समय फुटबल खेलप्रति आकर्षित भएका छन् । “सहरका महिला जिम जाने, बिहानी हिँडाइ गर्ने गर्दछन् भने हामी गाउँका महिला कामबाट फुर्सद मिलेको समय मैदानमा भेला भएर फुटबल खेलेर रमाइलो गर्ने गर्दछौँ”, मालिका–२ की ललिता विकले भनिन् ।

हिउँदका छ महिना जिल्लाका ग्रामीण भेग मेला र पर्वमय हुने गर्दछन् । विद्यालय, युवा क्लब, आमा समूह, स्थानीय निकायलगायत विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने यस्ता मेला तथा पर्वमा स्थानीय महिलाको सहभागिता र उपस्थिति पुरुषको तुलनामा बढी हुने गर्दछ । यस्तै मेला पर्वको अवसरमा यहाँका महिला पनि विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै प्रतिस्पर्धा गर्ने गरेका धवलागिरि युवा नगेन्द्र मल्लले बताए ।

“दरबाङको केवी एकेडेमीमा आयोजित महिला फुटबल प्रतियोगिता हेर्न लायकको थियो”, उनले भने, “फुटबलप्रति महिलाको आकर्षण कति रहेछ भन्ने बुझ्न त्यही एउटा प्रतियोगिता नै काफी छ, यस्तै प्रतियोगिता पश्चिम म्याग्दीका अरू ठाउँमा पनि हुने गरेका छन्, ती ठाउँमा पनि फुटबलप्रेमी महिलाको सङ्ख्या बाक्लो देखिन्छ ।”

जिल्ला फुटबल सङ्घ म्याग्दीका अध्यक्ष कुमार बानियाँले पछिल्लो समय खेलकुद र त्यसमा पनि फुटबल तथा भलिबलप्रति म्याग्दीका ग्रामीण महिला निकै आकर्षित भएका बताए । “घरको कामबाट फुर्सद निकालेर महिला मैदानसम्म आई फुटबल खेल्ने गरेका छन्”, उनले भने, “यो राम्रो पक्ष हो, एकातिर शारिरिक तन्दुरुस्ती कायम गर्न सघाउ पुग्छ भने अर्कोतिर अनावश्यक कुरामा ध्यान पनि जाँदैन ।”

फुटबलभन्दा फुटसल सजिलो

यहाँका महिलाले फुटबलभन्दा फुटसल खेलमा बढी रुचि देखाउन थालेका छन् । “फुटबल पहिलाबाटै खेल्दै आएको हो, तर हामीलाई फुटबलभन्दा फुटसल निकै सजिलो लाग्ने गर्छ”, फुटबल खेलाडी मनिका रोकाले भनिन्, “फुटसल र फुटबल एकै प्रकृतिका खेल भए पनि यसको नियम र खेल्न तरिका फरक छन्, फुटबलमा ११ खेलाडी उत्रन्छन्, फुटसलमा पाँच खेलाडी भिड्छन्, फुटबल खेल ४५–४५ मिनेटको दुई हाफमा विभाजन गरी ९० मिनेट खेलाइन्छ, फुटसल २०–२० मिनेट गरी दुई हाफमा ४० मिनेट खेलिन्छ, त्यसैले हामीलाई यही सजिलो हुन्छ ।”

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ३ : १२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं