३० चैत्र २०८२, सोमबार | April 13, 2026

निकुञ्ज विस्थापितको पुनःस्थापनाका लागि गठबन्धन सरकारले काम गर्छ : अध्यक्ष नेपाल

कञ्चनपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारलाई पुनःस्थापना गर्ने काम वर्तमान गठबन्धन सरकारले अगाडि बढाउने बताएका छन् । आज मेची(महाकाली जागरण अभियानका क्रममा विस्थापित परिवार बस्दै आएको ढक्का शिविरमा आयोजित छलफलमा उनले लामो समयदेखि बल्झिएको समस्या समाधान गर्नका लागि आफूले पनि पहल गर्ने बताए ।…