५ श्रावण २०८३, मंगलबार | July 21, 2026

दुईपटक स्थगित समाजवादी मोर्चाको सुदुरपश्चिम भेला आइतबार



धनगढी । दुई पटक स्थगित भएको समाजवादी मोर्चाको सुदुरपश्चिम भेला आइतबार हुने भएको छ । आइतबार सुदुरपश्चिमको धनगढीमा हुने मोर्चाको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी जाने भएका छन्। प्रचण्ड असोज २९ गते समाजवादी मोर्चाको भेला सम्बोधनका धनगढी जाने भएका हुन्।

प्रचण्ड आइतबार नेपालगन्जको एक कार्यक्रममा सहभागी भएर सोहि दिन धनगढी जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि धनगढीमा हुने भनिएको मोर्चाको भेला दुई पटक स्थगित भएको थियो।

पहिलो पटक एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद हुँदा स्थगित भएको थियो भने अर्को एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण भेला स्थगित भएको थियो।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : १८ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान