विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् । शनिबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । विश्वासको मतका निम्ति प्रस्ताव प्रस्तुत नगरी मुख्यमन्त्री कार्कीले राजीनामाको घोषणा गरे । उनले विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको थियो । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उनले राजीनामा दिएका हुन्…