४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

निषेधाज्ञा तोड्न खोज्दा नेपालगन्जमा तनाव, प्रहरी तैनाथी बढाइयो



नेपालगन्ज । निषेधाज्ञाका बीच समुहगतरुपमा मुस्लिम समुदाय नमाज पढ्ने बहानामा सडकमा निस्केपछि नेपालगन्जमा केहीबेर तनाव भएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाकाबीच नवाज पढ्ना जाने भन्दै सडकमा नाराबाजी गरेपछि नगरका केही भागमा तनाव उत्पन्न भएको हो ।

नेपालगन्जको बीपी चोक, त्रिवेणीमोड र त्रिभुवन चोक क्षेत्रमा नमाज पढ्न भन्दै निस्केका मस्लिम युवाहरुले नाराबाजी गरेपछि प्रहरीले समान्य बल प्रयोग गरेर तितरबितर पारेको प्रहरीले जनाएको छ । निषेधाज्ञा उल्लंघन गर्न समुदायलाई उक्साउने केही ब्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदभावमा खलल पार्न प्रयास गर्ने र निषधाज्ञा तोडेर प्रदर्शन गर्ने ४ जनालाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिए ।

स्थानीय प्रशासनले आज बिहान ६ बजेबाट साँझ ८ बजे सम्मका लागि नेपालगन्जका अधिकांस स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ भने राती ८ बजेबाट बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

सामाजिक सञ्जालका कारण फैलिएको विवाद दुईपक्षबीच आमनेसामनेको अवस्थामा पुगेपछि प्रशासनले कर्फ्यु लगाएको हो । विवाद चर्कँदै जाँदा गत १६ गते भड्केको दङ्गाबाट नेपालगन्जमा ठुलो धनमालको क्षति भएको छ ।


फोटो : भगतराम थारु

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ०७ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य