लुम्बिनी प्रदेश सरकारले भोलि (शुक्रबार) नयाँ बजेट ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले बजेट ल्याउन लागेको हो । भोलि (असार १ गते) दिउँसो ३ बजे बजेट ल्याउने गरी दोस्रो अधिवेशनको ११ औँ बैठक आह्वान गरिएको छ । बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत…