७ कार्तिक २०८३, शनिबार | October 24, 2026

प्रहरी परिसरभित्रै प्रहरीलाई नै हातखुट्टा बाँधेर यातना, छानबिन समिति गठन



सिरहा। जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ। महोत्तरीको जलेश्वर नगरपालिका- ८ फूलहट्टा घरभई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि पारी बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको हो।

रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरी जवान राय भक्कानिएर रुँदै बाँधिएको हात खोलिदिन अनुरोध गरेको छ। उनीसँग दोहोरो सम्वादमा रहेको व्यक्तिले कहाँ रक्सी खाईस भन्ने प्रश्न मा उनेले, ‘मैले रक्सी खाएको छैन, मेरो हात खोलिदिनुस्। मैले रक्सी खाएको प्रमाणित भए म जागिर छोड्छु’ भन्ने सम्वाद सुनिन्छ।

भिडियो सम्वादमा रहेको भनिएको इन्स्पेक्टर राईले पनि रक्सी खाए नखाएको जाँचपछि निस्की हाल्छ भन्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिंदै गरेको सुनिन्छ। प्रहरी जवान रायले भिडियोमा रुँदै ‘मलाई यसरी याताना नदिनुस् बरु मारिदिनुस्’ भनेका छन् । सार्वजनिक भिडियोले प्रहरीभित्र अझै पनि तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार उदाङ्गिएको छ। ‘मुस्कानसहितको सेवा’ दिने प्रहरी आफैँले आफ्ना कर्मचारीमाथि गरेको गैरन्यायिक व्यवहारले प्रहरीमाथि थप प्रश्न उठेको छ ।

निरन्तर अधिक ड्युटी गराएको गुनासो गर्न आफ्ना कमाण्डर इन्सपेक्टर राईकामा पुगेका बखत प्रहरी जवान रायलाई इन्स्पेक्टर राईले गाली गलौज गरेको बताइएको छ। इन्स्पेक्टर राईले गालीगलौज गरेपछि आक्रोसित  प्रहरी जवान रायले पनि जवाफ फर्काएकाएपछि हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको भनिएको छ। रायका आफन्तले न्यायको लागि अदालत जाने बताएका छन् ।

सिरहाका सूचना अधिकारी डिएसपी रवीन्द्र राज पाण्डेले त्यस्तो केही नभएको भन्दै यातना दिने व्यक्तिको बचाउ गरे। उनले प्रहरी जवान राय बदमास रहेको भन्दै घटना भएको स्वीकार गरेपनि बाहिर भएको हल्ला जस्तो नभएको बताए।

डिएसपी पाण्डलेले रायले मादक पदार्थ सेवन गरेको भनिए पनि मेडिकल रिपोर्टमा नदेखिएको बताए। यता मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) जनक भट्टराईले आफूले पनि घटनाबारे जानकारी पाएको बताए।

आज जिल्ला प्रहरी कार्यालय सिरहाको  नव निर्मित आवास भवन उद्घाटनको लागि आएका उनले घटनाको आवश्यक छानबिनका लागि समिति गठन गरेको बताए। उनले भने, ‘मैले पनि घटनाबारे जानकारी पाएको थिएँ, संयोगले सिरहा आएकाले आजै छानविन समिति गठन गरेको छु। समितिको प्रतिवेदनपछि आवश्यक कारबाही हुन्छ।’

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ५ : ५३ बजे

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने