७ पुस २०८२, सोमबार | December 22, 2025

दल रोज्न पाउने पहिलो दिनमै बागमतीका १२* सांसदले रोजे एकीकृत समाजवादी

हेटौंडा । बागमती प्रदेशका १२ प्रदेशसभा सांसदले नेकपा एमाले परित्याग गरेका छन् । राजेन्द्र पाण्डेसहितका १२ सांसदले एमाले दल त्याग गरेर नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । नयाँ दल रोज्नेमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्री बनाएका कृष्ण खनालसमेत रहेका छन् । सरकारले हालै जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१दिनभित्र दल…