दाङ । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभाको एक सदस्यका लागि उपचुनावमा मतदान जारी छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएका ३ वटा मतदानस्थलमा बिहान ९ बजेबाट मतदान भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मतदान गरेका छन्। दिउँसो ३ बजेसम्म मतदान हुनेछ । कोरोना महामारीका कारण भीडभाड नगरी मतदान गर्ने व्यवस्था मिलाइएको छ…