३० भदौ २०८३, मंगलबार | September 16, 2026

तेस्रो राष्ट्रिय वृक्षारोपण दिवस २०७८ : नवलपरासीकाे जर्गाहामा वृहत्तर वृक्षारोपण



बुटवल । राष्ट्रिय वृक्षारोपण दिवस २०७८ को अवसरमा लुम्बिनी प्रदेश सरकारले वृहत वृक्षारोपण कार्यक्रम गरि मनाएको छ ।

नवलपरासीकाे सुनवल नगरपालिका वडा नं ११, जर्गाहामा १ घण्टाको समयमा २० हजार वृक्षारोपण गरि दिवस मनाईएको हो ।

उद्योग वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा कोटहीदेबी सामुदायिक वन उपभोक्ता समितिको ब्यवस्थापनमा वृहत्तर वृक्षारोपण कार्यक्रम गरिएको हो ।

सामुदायिक वनको करीब अतिक्रमण भएको १५ हेक्टर क्षेत्रफललाई बृहत वृक्षारोपण गरि संरक्षण अघि बढाएको छ । जहा खयर, टिक, मसला, जाकाराण्डा, राजवृक्ष, कदम लगायत प्रजातिका बिरुवाहरु लगाईएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वृक्षारोपण गरि कार्यक्रमको उद्घाटन गर्दै प्रकृति संरक्षणमा मानव जातिको उत्तरदायित्व हुने बताए । जिवन बाच्ने सिकाउने गर्छ । प्रकृतिले हाम्रो सुरक्षा गर्छ । इको सिस्टमलाइ सुरक्षित राख्नुपर्ने मानव जातीको जिम्मेवारी भएको उनले बताए ।

स्वदेशमै काठजन्य पैदावर प्राप्त गर्न कठिनाई भैरहेको वर्तमान अवस्थालाई चिर्न जरुरी रहेको उनले बताए । विदेशबाट भित्र्याउनुपर्ने अवस्था अन्त्यका लागि प्रदेश सरकार निरन्तर लागेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले संघिय सरकारको अगुवाईमा शुरु भएको वृक्षारोपणलाई प्रदेशबाट साथ दिदै तेस्रो वर्ष मनाइएको बताए । जर्गाहा स्थित सामुदायिक वनको २९ हेक्टर क्षेत्रफल वनलाई तारबार गरि पहिलो चरणमा १५ हेक्टरमा वृक्षारोपण सुभारम्भ गरिएको बताईन ।

कार्यक्रममा पुर्वाधार मन्त्री सन्तोष पाण्डे, कृषि तथा मन्त्री विजय बहादुर यादव, पुर्वमन्त्री लिला गिरि, उद्योग वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र केसी, प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी, सुनवल नगरपालिकाका नगरप्रमुख भिम बहादुर थापा, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माले सामुहिक रुपमा वृक्षारोपण गरेका थिए ।

रुख रोपौ, वन जोगाऔ भन्ने नारासहित समूह संरक्षणको काम अघि बढाएको सामुदायिक वनका सामुदायिक वनका अध्यक्ष ईश्वरी प्रसाद जैसीले बताए। वृक्षारोपण गरिएका सम्पुर्ण बिरुवा संरक्षण गर्ने उनले प्रतिवद्घता जनाए । करिब ३ सय ७१ हेक्टरमा फैलिएको बनमा ७ सय ५० सदस्यहरु रहेका छन ।

यसैबिच मुख्यमन्त्री पोखरेलले वृक्षारोपण कार्यक्रममा सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

 

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ३ : ५३ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज