बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवन पद्वतिको रुपमा स्थापित गर्न नेपाली मिडिया जिम्मेवारीबोधका साथ अघि बढ्ने अपेक्षा गर्नुभएको छ । संज्ञान मिडिया प्रालिद्वारा संचालित खबरकुरा डट कमलाई शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पोखरेलले लोकतान्त्रिक शासन प्रणालीमा स्वस्थ्य र गतिशिल नागरिक समाज निर्माण गर्न मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।…