नेपालगन्ज । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको गत आर्थिक बर्ष २०८०/८१ को कार्यसम्पादन मुल्याङ्कनमा बर्दिया अस्पताल प्रथम भएको छ । प्रदेशस्तरीय समीक्षा कार्यक्रममा कार्यसम्पादन मुल्याङ्कनमा स्वास्थ्य कार्यालय तर्फ पाल्पा प्रथम भएको छ भने रोल्पा द्धितिय र गुल्मी तृतिय भएको छ । यस्तै अस्पताल तर्फ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल द्धितिय र अर्घाखाँची अस्पताल तृतिय भएको छ…