५ श्रावण २०८३, मंगलबार | July 21, 2026

मुख्यमन्त्री आचार्यले गरे रोल्पाली विद्यार्थीसंग छलफल



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पाका विद्यार्थीहरुसँग छलफल गरेका छन् । रोल्पा जिल्ला कोटगाउँ स्थित नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीसंग मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका हुन् ।

मुख्यमन्त्रीसंगको भेटमा विद्यार्थी तथा शिक्षकहरुले विद्यालय सम्म पुग्ने सडक नबनेको भन्दै बनाउन अनुरोध गरेका छन् । उनीहरुले मुख्य सडक देखी विद्यालय सम्म पुग्ने करिब दुई सय मिटर सडक पक्कि बनाउनुपर्ने माग राखे । मुख्यमन्त्री आचार्यले विद्यार्थी तथा शिक्षकहरुले राखेको माग सम्वोधन गर्ने बारेमा सरकारले पहल लिने प्रतिबद्धता जनाए ।

‘तपाईहरुले राम्रो संग पढ्नुस, ज्ञान हाँसिल गर्नुस । सरकारले तपाईहरुको विद्यालय सम्म पुग्ने सडक बनाउछ,’ मुख्यमन्त्री आचार्यले भने, ‘यस बर्ष नभए अर्को बर्ष यसलाई बनाउनेगरी काम हुन्छ । हामिले यो माग पत्र भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउछौं ।’

विद्यार्थीहरुले बाटो नबन्दा बर्षातको समयमा हिलो र हिउँदको समयमा धुलोले हैरानी हुने गरेको मुख्यमन्त्रीलाई जानकारी दिए । विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर पुन सहित विद्यार्थीहरुले मुख्यमन्त्रीसंग छलफलका क्रममा बिबिध विषयमा कुराकानी गरेका थिए ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : १७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं