बुटवल । रुपन्देहीको सालझण्डी प्रहरीले भाडामा सवारी बोक्ने रातो नम्बर प्लेट राखिएका निजी सवारी साधन विरुद्ध कारवाही थालेको छ । निजी प्रयोजनमा दर्ता भएका (रातो नम्बरप्लेट) पिकअपमा यात्रु चढाई प्रयोजन बिपरित कार्य गर्ने सवारीलाई प्रहरीले कारवाही थालेको हो । निजि सवारीहरुले यात्रु राखि सालझण्डी-झिमझिमे-पाल्पा-अर्घाखाँची रुटमा संचालन भईरहेका ६ वटा सवारी साधन नियन्त्रणमा लिई जरिवाना असुलेर…