२७ भदौ २०८३, शनिबार | September 12, 2026

लुम्बिनी प्रदेश प्रहरी गण बाट ९६ प्रहरी जवान दिक्षित, आजबाट कार्यक्षेत्रमा



खजुरा । लुम्बिनी प्रदेश प्रहरी गण खजुरामा संचालित प्रहरी जवान ८-१११ ‘ख’ औं समुहको आधारभूत तालिममा सहभागी ९६ जना प्रहरी जवानहरु तालिम सकेर दिक्षित भएका छन् ।

२०७८ साल असोज १७ गते देखि संचालित प्रहरी जवान १३९ औं समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम सकेका प्रहरी जवानहरुलाई आज लुम्बिनी प्रदेश प्रहरी गण खजुराको प्राङगणमा आयोजित एक विशेष कार्यक्रम गरेर दिक्षित गरिएको छ ।

दिक्षान्त समारोहलाई सम्बोधन गर्दै नेपाल प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश हाल नेपालगन्ज बाँकेका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक डिल्लीराज बिष्टले सदा सच्चा ईमान्दार र कर्तव्यपरायण , आफ्नो कर्तव्य पालनाको सिलसिलामा, जोश, स्फुर्ती र अनुशासनको माध्यमबाट सचेत भई भेदभाव र पक्षपात रहित आदर्श प्रहरी बन्न दिक्षित भएका प्रहरी जवानहरुलाई निर्देशन दिए । उनले जनताको सेवामा अहोरात्र खटिन साथै कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ खटिन पनि निर्देशन दिए ।

समारोहमा गणका प्रहरी नायब उपरीक्षक दामोदर केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यमान कानुन, प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराएक थिए ।

दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम लुम्बिनी प्रदेश प्रहरी गणका गणप्रमुख प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले शब्दमा सपथ ग्रहण गराएका थिए ।

प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङ्कका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान अर्जुन कुमार ओली सहित विभिन्न ७ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु र तालिममा सहभागी प्रशिक्षकहरुलाई प्रहरी बरिष्ठ उपरीक्षक बिष्टले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गरेका थिए ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  १० : ३९ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले