५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

लुम्बिनी प्रदेश प्रहरी गण बाट ९६ प्रहरी जवान दिक्षित, आजबाट कार्यक्षेत्रमा



खजुरा । लुम्बिनी प्रदेश प्रहरी गण खजुरामा संचालित प्रहरी जवान ८-१११ ‘ख’ औं समुहको आधारभूत तालिममा सहभागी ९६ जना प्रहरी जवानहरु तालिम सकेर दिक्षित भएका छन् ।

२०७८ साल असोज १७ गते देखि संचालित प्रहरी जवान १३९ औं समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम सकेका प्रहरी जवानहरुलाई आज लुम्बिनी प्रदेश प्रहरी गण खजुराको प्राङगणमा आयोजित एक विशेष कार्यक्रम गरेर दिक्षित गरिएको छ ।

दिक्षान्त समारोहलाई सम्बोधन गर्दै नेपाल प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश हाल नेपालगन्ज बाँकेका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक डिल्लीराज बिष्टले सदा सच्चा ईमान्दार र कर्तव्यपरायण , आफ्नो कर्तव्य पालनाको सिलसिलामा, जोश, स्फुर्ती र अनुशासनको माध्यमबाट सचेत भई भेदभाव र पक्षपात रहित आदर्श प्रहरी बन्न दिक्षित भएका प्रहरी जवानहरुलाई निर्देशन दिए । उनले जनताको सेवामा अहोरात्र खटिन साथै कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ खटिन पनि निर्देशन दिए ।

समारोहमा गणका प्रहरी नायब उपरीक्षक दामोदर केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यमान कानुन, प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराएक थिए ।

दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम लुम्बिनी प्रदेश प्रहरी गणका गणप्रमुख प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले शब्दमा सपथ ग्रहण गराएका थिए ।

प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङ्कका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान अर्जुन कुमार ओली सहित विभिन्न ७ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु र तालिममा सहभागी प्रशिक्षकहरुलाई प्रहरी बरिष्ठ उपरीक्षक बिष्टले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गरेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  १० : ३९ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन