५ श्रावण २०८३, मंगलबार | July 21, 2026

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-१० मा रहेको होटेल गौतम बुद्ध इन्टरनेशनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोबाट मंगलबार राति करिब ८ बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा…