बुटवल । रुपन्देही प्रहरीले प्रहरीलाई लोभ देखाएर घुस दिन खोज्ने एकजनालाई पक्राउ गरेको छ । रुपन्देहीको भैरहवाबाट प्रहरीलाई अनुचित प्रभाव पार्न खोजेको आरोपमा भारतीय नागरिक सोनु मुसलमानलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार आज मध्यान्ह भन्सार छलेर भैरहवाको गल्लामण्डी पुर्याइएको अबैध कुखुरा नियन्त्रण गर्ने क्रममा मुसलमानले प्रहरी टोलीलाई अनुचित प्रभावमा पार्ने प्रयास गरेका थिए ।…