नेपालगन्ज । बाँकेको जङ्गल क्षेत्रमा रहेको ऐलानी जग्गामा बसोबास मिलाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । दुर्गम पहाडी जिल्लाबाट थुप्रैको सङ्ख्यामा बाँकेको बैजनाथा गाउँपालिकाको पितमारी नजिकैको जङ्गलमा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भन्दै उनीहरुले ठगी गरेका थिए । प्रतिव्यक्ति रु पाँच सयदेखि रु एक हजारसम्मको फारम भराएर पैसा असुल्ने गिरोहमध्येका तीन…