वीरगञ्ज । नक्कली नोटसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ८२ हजार ५ सय रुपैयाँ नक्कली नोटसहित बारा सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोल बस्ने जगदेव महतो नुनियालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोलस्थित नुनियाको घरमा खानतलासी गर्ने क्रममा नक्कली नोट बरामद गरेको हो ।…