२० माघ २०८२, मंगलबार | February 3, 2026

नक्कली शैक्षिक प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय युवक पक्राउ

बुटवल । रुपन्देही प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलोग्राम तथा स्टिकरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, कानपुर नववस्ती बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन् । प्रहरीका अनुसार २०८२ साउन १ गते साँझ ६:३० बजे सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेका बेला उनलाई पक्राउ…