४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

जन्ममिति विवादपछि उपरथी ताराध्वज पाण्डेद्वारा राजीनामा

काठमाडौं। नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् । जन्ममिति विवादमा परेपछि उनले पदबाट राजीनामा दिएका हुन् । बिहीबार नै उनले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएका छन् ।