२९ चैत्र २०८२, आइतबार | April 12, 2026

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ परेका छन् । एनसिबि अवुधावी युएईको समन्वयमा त्यहाँ पक्राउ परेका रूकुम पश्चिम आठबिसकोट नगरपालिका–५का निराजन नेपालीलाई सम्बन्धित मुद्दामा कारबाही प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।…