६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

रुपन्देहीमा उन्नत गहुँ खेतीसम्बन्धी एकहप्ते तालिम, नयाँ जात र प्रविधिमा किसानलाई प्रशिक्षण

रुपन्देही । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत उन्नत गहुँ खेती प्रविधिसम्बन्धी एकहप्ते तालिम रुपन्देहीमा सञ्चालन गरिएको छ । देशका विभिन्न क्षेत्रबाट सहभागी भएका २५ जना किसानलाई सैद्धान्तिक तथा प्रयोगात्मक विधिमार्फत तालिम प्रदान गरिएको हो । तालिम यही महिनाको ११ गतेसम्म सञ्चालन हुनेछ । किसानलाई नयाँ विकसित गहुँका जात र आधुनिक खेती प्रविधिबारे जानकारी गराउने उद्देश्यले…