नेपालगन्ज । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् । प्राविधिक विश्वविद्यालयले नेपालगन्जमा आयोजना गरेको शैक्षिक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले विश्वविद्यालय यसक्षेत्रका विद्यार्थीहरुका लागि प्राविधिक ज्ञानको अवसर प्रदान गर्ने थलो भएकाले यसलाई चलायमान बनाउन आवश्यक रहेको बताएका हुन् । उनले प्राविधिक विश्वविद्यालयले गुणस्तरीय शिक्षा…